‘जनप्रतिनिधि रोज्ने कि पार्टी प्रतिनिधि ? तपाईंकै हातमा छ’ (भिडियोसहित)

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहबाट स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् । त्यसैमध्येका एक हुन्, राजानन्द माण्डव्य । उनले काभ्रेको बनेपा नगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिएका छन् । उनै, स्वतन्त्र उम्मेदवारसँग समग्र स्थानीय निर्वाचन र एजेण्डाका बारेमा मेरोन्यूजले गरेको संवादको अंश :
तपाईंलाई बनेपा नगरबासीले कसरी चिन्ने ?
मेरो नाम राजानन्द माण्डव्य । मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ३ काक्रेमा छ । म विगत लामो समयदेखि राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय झण्डा दिवसको संस्थापकका रुपमा कार्यरत छु ।
स्थानीय निर्वाचनमा तपाईंको उम्मेदवारी किन ? फेरि स्वतन्त्रमा उठ्नु भएको छ ?
आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर करिब १२ हजारभन्दा बढी व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा १२ सयको हाराहारी मेयर पदमा छन् । त्यही जमातमा म पनि मिसिएको हुँ । यसभन्दा अघिका जनप्रतिनिधि भनाउँदा म प्रतिनिधिहरू अर्थात पार्टी प्रतिनिधिहरूको परिपाटी परिवर्तन गर्न उम्मेदवारी दिएको हुँ ।
मेरो उम्मेदवारी जनताको सेवा र जनताको पक्षका लागि हो । किनभने यसअघिका मेयर तथा उपमेयर सबै पार्टीका प्रतिनिधि भए । उनीहरूले जनताका निम्ति काम गरेनन् । तर, पार्टीका लागि राम्रो काम गरे । हो, यसै परिपाटी परिवर्तन गर्न मैले उम्मेदवारी दिएँ । स्वतन्त्र रुपमा सबै जनताको सेवा गर्न मैले स्वतन्त्र उम्मेदवारी दिएको हो ।
तपाईं ठूला दलका उम्मेदवारको सामना गर्न सक्नु हुन्छ ?
०७४ सालपछाडि जनताले दलको विरोध गर्न थाले । जसका कारण हामी जस्ता मान्छेहरू दलको सिण्डिकेट तोडेर बाहिर निस्कियौँ । तर, जनताले पुरानै दलसँगको साँठगाँठ कायम राख्दै आएका छन् । त्यसकारण ठूला दलहरूको बीच लड्न गाह्रै छ, तर जित्छु भन्ने आशा पनि छ ।
तपाईंले जित्ने आधार के–के छन् ?
मेरो जितका आधार ठूला छैनन् । मैल जनताको सेवा गर्नु नै मेरो पहिलो आधार हो । जनताको आधारभूत आवश्यकता परिपूर्ती गर्नु मेरो एजेण्डा हो । जसमा शिक्षा, स्वास्थ्य, रोजगारी छन् ।
मैले मेरो प्रतिबद्धतामा बनेपा नगरमा जितेँ भने एक घर एक रोजगारीको व्यवस्था गर्छु । स्थानीय कृषिजन्य उत्पादनलाई औद्योगीकरणमा परिवर्तन गर्छु । आफ्नो स्थानीय क्षेत्रमा उत्पादन हुने सामाग्री सही सदुपयोग गरेर समग्र नगरबासीको सेवामा समपर्न गर्न सक्छु ।
प्रत्येक घरमा खानेपानी धाराको व्यवस्थापन गर्न सक्छु । त्यतिमात्र नभई उचित शिक्षा, स्वास्थ्यको व्यवस्थालगायत तमाम आधारभूत आवश्यकता जस्तै दमकल, एम्बुलेन्स प्रमुख एजेण्डामा राख्छु ।
तपाईंले जिते बनेपा नगरबासीले के फरक पाउछन् ?
मेरो एजेण्डा नै मेरो जितको आधार हुन् । मैले एक घर–एक धारा, एक गाउँ–एक उद्योग र रोजगारीको बारेमा पहिले पनि भनिसकेँ । मेरो जितपछि नगरपालिकाको मुहारभन्दा नगरबासीको मुहारमा परिवर्तन पाउँछन् । मैले निर्वाचनमा मेरो नारा समेत ‘जनताको लगानी जनताको मुनाफा’ छ ।
आगामी निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारमा बालेन शाहको मात्र चर्चा देखिन्छ, यसलाई कसरी लिनु हुन्छ ?
यतिबेला देशलाई चाहिएको हो कि काठमाडौँमा परिवर्तन चाहिएको हो ? यो प्रश्न जनतालाई पछिल्लो परिपाटी हेर्दा देशभरका मान्छेले स्वतन्त्र उम्मेदवार भनेको बालेन मात्रै हो भनेका छन् । तर, यहाँ त १२ औँ हजार जना ओझेलमा परेका छ नि ? हैन र ? धनगढीको मान्छेले ‘भोट फर बालेन’ भनेर के हुन्छ ? जबकी धनगढीकै स्वतन्त्र छायामा परेका छन् । तर, उनले कुनै समर्थन पाएका छैनन् ।
अब आयो चर्चाको कुरा, देशका जति पनि ठूलो अथवा राष्ट्रिय मिडियाहरू छन्, तिनीहरू सबै पछिल्लो समय बालेन र केशव शाहको पछि मात्रै लागेको देखिन्छ । टिआरपीका लागि जसरी बालेनको पछाडि लागेको देखिन्छ । यसले अन्य स्वतन्त्र उम्मेदवार ओझेलमा परेका छन् । के परिवर्तन काठमाडौँलाई मात्रै चाहिएको हो ? देशलाई चाहिएको होइन ? देशलाई चाहिएको हो भने देशभरका स्वतन्त्र उम्मेदवारहरूलाई किन ओझेलमा परियो ? देशभरका स्वतन्त्र उम्मेदवारहरु सबै दलीय सिण्डिकेट तोडेर निस्किन खोजेका हुन्, उनीहरू सबै रक्तबिज हुन् । यो रक्तबिजलाई ओझेलमा पारियो भने अर्कोपटक स्वतन्त्र उम्मेदवारी दिनेको संख्या घट्दो हुन्छ । बोल्दा यी कुराहरु तितो लाग्न सक्छ, तर सञ्चार माध्यमले एउटालाई काखा र अर्कोलाई पाखाको नियतले हेर्नु भएन । सबै स्वतन्त्र उम्मेदवारहरूलाई स्थान दिन सक्नु पर्छ ।
तपाईंलाई निर्वाचन आयोगले दिएको चुनाव चिन्ह चित्त बुझ्दो छ ?
मैले धारा चुनाव चिन्ह पाएँ । खुसी नै छु । तर, दुःखी पनि । किन भने दलीय सिण्डिकेट व्यक्तिमा मात्रै नभई निर्वाचन आयोगमा समेत जकडिएको देखिन्छ । किन भने निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिन ढिलाई गरेको छ ।
वर्षौंदेखि देखाइएको चुनाव चिन्हको अगाडि भर्खरै देखिएको चुनाव चिन्हले कसरी जनतासँग साक्षातकार गर्न सक्छ ? जस्तै देशका ठूला दल भनिएका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका पार्टीले त पहिलेदेखि नै आफ्नो चुनाव चिन्ह देखाँउदै आएका छन् ।
हामी स्वतन्त्र उम्मेदवारले निर्वाचनअगाडि मात्रै चुनाव चिन्ह देख्न पाउँछौँ भने यो कहाँको न्यायोचित कुरो हो ? चुनाव चिन्ह ढिलाइ भएपछि निर्वाचन प्रचारप्रसारमा ढिलाइ हुन्छ । जसकारण हार्ने सम्भावना बढी हुन्छ । यसलाई हेर्दा निर्वाचन आयोगमा दलीय सिण्डिकेट झल्किन्छ ।
जाँदाजाँदै आफ्नो भोटरलाई के भन्नु हुन्छ ?
हाम्रोलाई होइन राम्रोलाई रोज्नुहोस् । पार्टीभन्दा व्यक्तिलाई रोज्नुहोस् । गलत बाटोमा हिँड्ने, भ्रष्टको बाटोमा हिँड्नेभन्दा राम्रो मान्छेलाई रोज्नुहोला । स्थानीय तहलाई दलभन्दा बाहिर निकाल्नु पर्छ ।
स्थानीय तहको जनप्रतिनिधि भएपछि जनप्रतिनिधि नै हुनु पर्छ । पार्टी प्रतिनिधि र मन प्रतिनिधि हुनु हुँदैन । पार्टी प्रतिनिधि रोज्ने वा जनप्रतिनिधि रोज्ने तपाईंकै हातमा छ ।
















नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
अर्थमन्त्री र नाडाका प्रतिनिधिबीच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल
पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छः मन्त्री पोखरेल
मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया