लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

काठमाडौँ । नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बीचको द्विपक्षीय एक दिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।
सिरिजको तालिकाअनुसार नेपालले तीन वटा एक दिवसीय खेल खेल्ने छ । यस्तै, तीन वटा टी–२० खेल्ने छ ।
रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा गौरवान्वित छौँ ।’ यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने विश्वस लिएको उनले बताए ।
सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लि. नेपालको पहिलो एल्युमिनियम कण्डक्टर स्टिल रिइन्फोर्स्ड (एसीएसआर) उत्पादन कम्पनी हो ।
कम्पनीले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधार प्रयोग गरी लिटमस केबल्स ब्राण्डअन्तर्गत उच्च गुणस्तरीय तार र केबल उत्पादन गर्दै आएको छ ।
लुम्बिनी विद्युत उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया