ओलीलाई पछ्याउँदै घनश्याम भुसालले भने : अन्य पार्टीका उम्मेदवारसँग तुलना नगरौँ

बुटवल । नेकपा एमाले स्थायी समिति सदस्य घनश्याम भुसालले स्थानीय चुनाव एमालेका निम्ति महाभारत भएको बताएका छन् ।
‘महाभारत युद्धमा कौरव र पाण्डवबीचको लडाईं जस्तै अहिलेको स्थानीय निर्वाचनमा एमाले पाण्डवको भूमिकामा छ,’ उनले भने, ‘महाभारतको लडाईं पाण्डवले जितेजस्तै स्थानीय निर्वाचन एमालेले जित्छ ।’
महाभारतमा सत्य र न्यायका लागि लडाईं भएजस्तै यसपालिको निर्वाचन एमालेका लागि सत्य र न्यायका लागि भएको भुसालले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ मा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
एमाले नेता भुसालले तिलोत्तमाले विकासमा राष्ट्रिय पहिचान बनाइसकेको भन्दै अबको चुनाव जित्न यसैलाई आधार बनाउन सकिने बताए । ‘यहाँ पाँच वर्षमा पर्याप्त पूर्वाधारको विकास भएको छ, अब यसैको जगमा टेकेर थप विकासका कार्यक्रम अघि बढ्छन्, त्यसका लागि एमालेको नेतृत्व आवश्यक छ,’ उनले भने ।
तिलोत्तमामा एमालेका तर्फबाट अगाडि सारिएका उम्मेदवारको अन्य पार्टीका उम्मेदवारसँग तुलना नगरौँ भन्दै उनले योग्यता, क्षमता, अनुभव, आन्दोलन, विभिन्न क्षेत्रमा योगदान र सक्रियताको हिसाबले एमालेले सबै हिसाबले क्षमतावान उम्मेदवारलाई अगाडि सारेकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरे ।
आइतबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा उठेका अन्य दलका उम्मेदवार चर्चा गर्न लायक नभएको टिप्पणी गरेका थिए ।
एमालेका उम्मेदवारको तुलनामा अरू कोही उम्मेदवार योग्य छन् भने सार्वजनिक बहस गर्न तयार रहेको भुसालले दाबी गरे ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया