निर्वाचनमा आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न पत्रकार महासंघ लमजुङको आह्वान

लमजुङ । नेपाल पत्रकार महासंघ लमजुङले आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आह्वान गरको छ ।
महासंघले सधैँ साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा महासंघको गरिमा,साख र साझा चरित्रलाई बचाउने कार्यमा हरेक सदस्यको भूमिका महत्वपूर्ण रहीआएको महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै निर्वाचन आचारसंहिता(२०७८ को प्रतिकुल काम नगर्न महासंघले आह्वान गरेको छ ।
महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्था अनुसार सोही समय देखि कायम रहेको पदबाट स्वतस् मुक्त हुन जाने निर्णय यस अघिको केन्द्रीय समितिको बैठकबाट भएको महासंघ लमजुङका सचिव रुद्रहरि ढकालले जानकारी दिए ।
निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।















काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया