स्थाानीय निर्वाचन
मतदान प्रक्रियाबारे अन्योलमा मतदाता !

लमजुङ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको संख्या बढ्ने देखिएको छ । ३० वैशखमा हुने स्थानिय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दल यतिबेला मतदाताको घरदैलोमा व्यस्त छन् । मत हाल्ने दिन नजिकिए पनि मतदाता शिक्षामा कसैले चासो नदेखाएको मतदाताको गुनासो छ ।
यसपटक फरक दलबीच गठबन्धन गरेर आ-आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको हो । यस वर्ष सत्तासिन दलले छिटपुटबाहेकका स्थानीय तहमा आ-आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । लमजुङको बेसीशहर नगरपालिका-११ की पार्वती थापा पनि कसरी मतदान गर्ने भन्ने अन्योलमै छिन् ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा पार्वतीजस्ता धेरै मतदाता अहिले अलमलमा छन्। दुधपोखरीकी विष्णुमाया गुरुङ पनि मतदानबारे जानकार छैनन् । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख सृजना मिश्रले यसपटक मतदाता शिक्षा कार्यक्रम नराखिएको बताइन् ।
मतदान गर्ने विषयमा विभिन्न सञ्चारमाध्यमबाट जानकारी हुने भएकाले आयोगबाट यो कार्यक्रम हटाइएको उनको भनाइ छ । मतदाता शिक्षाबारे राजनीतिक दल र तिनका उम्मेदवार तथा कार्यकर्ता पनि अन्योलमै छन् । नमुना मतपत्र आइसकेको भए पनि उम्मेदवार प्रचारमै व्यस्त हुनुपरेकोले मतदाता शिक्षातर्फ ध्यान दिन नपाइएको उम्मेदवारले बताएका छन् । यसअघिको स्थानीय तह निर्वाचनमा एक हजार नाै मत बदर भएको थियो ।
















अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
शहीदका रगतलाई सम्मान गर्दै उनीहरूको सपना पूरा गर्ने समय आएकोछ: बालेन शाह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया