पोखरेलको रिटमा आईजीपी नियुक्ति बदर गर्न अन्तरिम आदेश दिने/नदिने आज टुंगो लाग्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति बदर गर्न अन्तरिम आदेश दिने नदिने टुंगो आज (बिहीबार) लाग्ने भएको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले नै अन्तरिम आदेश दिने नदिने भन्ने टुंगो लगाउने भएको हो। बुधबार प्रारम्भिक सुनुवाइमै विपक्षी पनि सहभागी भएपछि अन्तरिम आदेश छलफलका लागि झिकाउने सम्भावना सकिएको छ ।
विश्वराज पोखरेलले धीरजप्रतापलाई आईजीपीका रुपमा काम गर्न रोक लगाउन र आफैंलाई निमित्त आईजीपी तोक्न परमादेश माग गरेका छन्। पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै रिट दायर गरेका हुन् । उनको रिटमा बुधबार सुनुवाइ सुरु भएको हो। बुधबार दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।
आज (बिहीबार) निवेदकका तर्फबाट मेघराज पोख्रेल, रमेश बडाल, माधव बस्नेत र ललित बस्नेतले जवाफी बहस गर्ने तयारीमा छन्। बहसपछि अन्तरिम आदेश हुने वा नहुने भन्ने आदेश आउने छ।
सरकारले आइतबार आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरिसकेको छ। उनले गृहमन्त्रीबाट आईजीपीको फुली पनि लगाइसकेका छन्।
















डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
इनड्राइभद्वारा नेपालका चालकहरूका लागि २२ लाख बराबरको इन्धन सहयोग घोषणा
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया