पोखरेलको रिटमा आईजीपी नियुक्ति बदर गर्न अन्तरिम आदेश दिने/नदिने आज टुंगो लाग्ने

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति बदर गर्न अन्तरिम आदेश दिने नदिने टुंगो आज (बिहीबार) लाग्ने भएको छ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले नै अन्तरिम आदेश दिने नदिने भन्ने टुंगो लगाउने भएको हो। बुधबार प्रारम्भिक सुनुवाइमै विपक्षी पनि सहभागी भएपछि अन्तरिम आदेश छलफलका लागि झिकाउने सम्भावना सकिएको छ ।
विश्वराज पोखरेलले धीरजप्रतापलाई आईजीपीका रुपमा काम गर्न रोक लगाउन र आफैंलाई निमित्त आईजीपी तोक्न परमादेश माग गरेका छन्। पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले आफूभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै रिट दायर गरेका हुन् । उनको रिटमा बुधबार सुनुवाइ सुरु भएको हो। बुधबार दुवै पक्षका कानुन व्यवसायीले बहस गरेका थिए ।
आज (बिहीबार) निवेदकका तर्फबाट मेघराज पोख्रेल, रमेश बडाल, माधव बस्नेत र ललित बस्नेतले जवाफी बहस गर्ने तयारीमा छन्। बहसपछि अन्तरिम आदेश हुने वा नहुने भन्ने आदेश आउने छ।
सरकारले आइतबार आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरिसकेको छ। उनले गृहमन्त्रीबाट आईजीपीको फुली पनि लगाइसकेका छन्।
















बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया