शुक्रबार, माघ १६, २०८२

पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

मेरोन्यूज २०७९ वैशाख २२ गते २०:०९

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

बुटवलबाट पाल्पाको रामपुरतर्फ जाँदै गरेको लु १ च ७७८० नम्बरको गाडी तिनाउ गाउँपालिका ५ मा दुर्घटना हुँदा रामपुर नगरपालिका ३ गण्डकीढिक स्थायी घर भई रामपुर ५ बेझाड बस्ने सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

रामपुर नगरपालिका ३ का २७ वर्षका गाडी चालक खेमबहादुर खाम्चा र सोही स्थानका ४६ वर्षका टुकनारायण श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया