नागरिकताको समस्या समाधान हुन्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् ।
धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको समस्या समाधान नभएको बताए ।
‘एमालेले नै संसद् चल्न दिएको छैन, संसद्मा बहस हुन दिएको छैन, त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ,’ उनले भने, ‘तर, अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने वा नमाने पनि नागरिकताको समस्या समाधान गर्ने छौँ ।’
अध्यक्ष दाहालले बुवाआमाको नागरिकता भएर पनि छोराछोरीको नागरिकता प्राप्त गर्न नसक्नु लज्जास्पद अवस्था भएको उल्लेख गर्दै अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे । उनले यसलाई सदनबाट नै सम्बोधन गर्ने पनि बताए ।
यसैगरी अध्यक्ष दाहालले मधेस र मधेसी जनताले सुख दुःखको साथी माओवादी केन्द्र नै भएको कुरा बुझिसकेको बताए । धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बन्न सकेको बताए ।
















मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया