रुसी सेनाको कब्जाबाट पाँच वटा गाउँ पुनः फिर्ता
मेरोन्यूज
२०७९ वैशाख २४ गते १५:२१

काठमाडौँ । युक्रेनले खार्किभ सहरनजिकै रुसी सेनाविरुद्ध प्रतिआक्रमण जारी राखेको जनाएको छ । युक्रेनले पाँच वटा गाउँ पुनः कब्जा गरेको जनाएको छ ।
युक्रेनीले चाँडै खार्किभलाई रूसी तोपखानाको खतराबाट मुक्त गर्न सक्ने अमेरिकास्थित एउटा युद्ध अध्ययन संस्थानले जनाएको छ ।
यसैबीच पूर्वी बन्दरगाह सहर मारिओपोलको एजोभस्टल स्टिल कारखानाबाट शुक्रबार थप ५० सर्वसाधारणको उद्धार भएको छ ।
कारखानालाई रुसी सेनाले केही सातादेखि आफ्नो घेराबन्दीमा राखेको छ । यसअघि कारखानाभित्रको बंकरमा लुकेका ५ सय सर्वसाधारणको उद्धार भएका थियो ।
रुसी सेनाविरुद्ध प्रतिकार गर्न अमेरिकले थप १५० मिलियन डलर बराबरको सैन्य सहयोगको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस्तो सहयोग घोषणा गरेका हुन् ।
सम्बन्धित
















मध्यपूर्व तनावबीच अमेरिका-इजरायल-साउदी अरब हतियार सम्झौता
म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट
मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल
नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया