इसेवा र रोमानियाको स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ । इसेवा मनी ट्रान्सफर र रोमानियाको मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफ्ना आफन्तलाई सीधै पैसा पठाउन सक्ने छन् ।
यसैगरी रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका १८ हजारभन्दा धेरै नेटवर्क सञ्जालबाट तुरुन्तै प्राप्त गर्न सकिने छ । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त ७७ रुपैयाँ बोनस रकमसमेत प्राप्त गर्न सकिने छ ।
हाल इसेवा मनी ट्रान्सफरको ’रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पैसा पठाउँदा दैनिक पाँच हजार रुपैयाँ तथा बम्परमा ५० हजार रुपैयाँसमेत जित्न सक्ने छन् ।
रेमिट्यान्स् भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका थिए ।
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया