आईपीएलमा चेन्नई र बेङ्गलोरको जित

काठमाडौं । दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग -आईपीएल-टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्नई सुपर किङ्सले चौथो जित निकालेको छ । आइतबार मुम्बईमा चेन्नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए । चेन्नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो ।
चेन्नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए । दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए ।
जितसँगै चेन्नई ११ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा छ ।
बेङ्गलोरको सातौं जित
आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।
मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउदै १५ रनमा समेटियो ।
हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।
बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।
जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया