मतगणनास्थलमा सीसीटीभी जडान

रसुवा । स्थानीय तहको निर्वाचनको मतगणनाका लागि सीसीटीभी जडान गरिएको छ । जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सीसीटीभी जडान गरिएको हो ।
निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सीसीटीभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ । जिल्लामा पाँच वटा गाउँपालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् ।
जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन् । जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन् । अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन् ।
















HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया