विद्यालयमा पनि हप्ताको दुई दिन बिदा, अन्य बिदा कटौती
काठमाडौँ । शिक्षा मन्त्रालयले विद्यालयमा पनि हप्ताको दुई बिदा दिने निर्णय गरेको छ । आगामी जेठ १ गतेदेखि लागू हुने गरी बुधबार सो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
हिउँदे बिदा, वर्षे बिदा र पर्व बिदा कटौती गरी हप्ताको शनिबार र आइतबार बिदा दिने मन्त्री स्तरीय निर्णय गरेको हो । शुक्रबार भने पूरा दिन पढाउने निर्णय भएको छ ।
वार्षिक रूपमा हुने ५० दिने हिउँदे, वर्षे बिदा भने कटौती गरी जम्मा २५ दिन मात्रै दिन दिने भएको छ ।
यसअघि सरकारले सबै कार्यालयमा हप्ताको दुई दिन प्रशिक्षणको रूपमा जेठ १ गतेदेखि बिदा दिने निर्णय गरेको थियो ।
केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ
विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।
श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)
प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९।०१।२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१।०१।१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९।०१।२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।
तपसिल
१. विद्यालयहरुले साविक बमोजिम नै विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने ।
२. शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने ।
३. राष्ट्रिय पाठ्यक्रम प्रारुप– २०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टा र कार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतवार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर विदा दिन सकिने गरी स्थानीय तहले विदा समायोजन गर्ने ।
४. विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।
बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)
रामचन्द्र शर्मा
निर्देशक
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया