कांग्रेस–माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
खोटाङ । जिल्लामा नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका ७ महादेव स्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समूहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेको दाबी गरिएको छ ।
पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जाने क्रममा बाटोमा कुटिएका हुन् । ७ जनाको समूहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ ।
‘हलेसीबाट घर जाने क्रममा एउटा घरमा बिसाइरहेका थियौँ, कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदारलगायत सात जनाको समूहले कुटपिट गर्यो, भागेर ज्यान बचाएँ ।’
मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् ।
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया