मतपेटिका साटिने सम्भावना छैन : मुख्य निर्वाचन अधिकृत श्रेष्ठ

हेटौंडा । मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्ताे नहुने उनले बताए ।
यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जाेर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेकाे हुनसक्ने उनकाे अनुमान छ । तर, यस पटककाे मतपेटिका निकै सुरक्षित रहेकाे उनकाे दाबी छ ।
‘अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेका छौँ,’ उनले भने, ‘जस्तै मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ छ । त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न सकिँदैन । त्यस्तै एउटा कोड नम्बर पनि हुन्छ, त्यो कोड नम्बर एउटा शिलदेखि अर्काे शिलसँग जोडिँदैन । मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका गर्नु पर्दैन । बाकस साट्ने सम्भावना छैन ।’ श्रेष्ठले मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको पनि बताए । ‘हामीले निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेका छौं,’ उनले भने, ‘आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत हुनुहुन्छ । प्रतिबद्धता जनाउनु भएको छ ।’
असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ । ‘अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेका छौं,’ उनले भने ।
















यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया