महोत्तरीमा अहिलेसम्म २८ प्रतिशत मत खस्यो

महोत्तरी । महोत्तरीमा अहिलेसम्म २८ प्रतिशत मत खसेको छ । जिल्लाका सबै पालिकामा गरी २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगका सूचना अधिकारी प्रवीण झाले जानकारी दिए ।
१५ वटै स्थानीय तहमा मतदाताको उत्साहजनक उपस्थिति छ । जिल्लामा तीन लाख ३६ हजार ९५ जनाको मतदाता नामावली भए पनि ३३ हजारसम्म मत खस्न सक्ने अनुमान गरिएको छ । जिल्लाको बल्वा नगरपालिकाबाहेक अन्य ठाउँमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान १०:३० बजे बल्वा नगरपालिकामा मतदाता नामावलीका सम्बन्धमा केहीबेर झडपको स्थिति बनेको भए पनि अहिले भने शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । एसपी कृष्ण पंगेनीका अनुसार भिडलाई शान्त बनाउन एक राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।
निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकामा एक सय ५० जना नगर प्रमुखमा उम्मेदवार दर्ता गरेका छन् भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी जिल्लाका १३८ वटा वडा जम्मा ८८५ जनाले वडाध्यक्ष, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । तर प्रतिस्पर्धापछि जिल्लाका १५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल छन् ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया