मनाङमा ६३ प्रतिशत मत खस्यो

लमजुङ । हिमालपारीको जिल्ला मनाङमा ६३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत पुनराम खनालका अनुसार चार वटा गाउँपालिकामा राति ९ बजेसम्म सबै बुथबाट मतपत्र आइपुगेपछि मतगणना सुरु गर्ने कार्यतालिका छ ।
खनालले मनाङको विकटमा रहेको नार्पाभूमी गाउँपालिकाको केन्द्रमा मतपत्र आइपुग्न पाँच घण्टा लाग्ने बताए । मनाङको सदरमुकाम चामेमा रहेको चामे गाउँपालिकामा कूल ७ सय ११ मतदाता रहेकोमा ६ सय १० (८६) प्रतिशत मत खसेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५ सय ३५ मतदाता रहेकोमा १ हजार ६ सय ५७ अर्थात् ४७ प्रतिशत मत खसेको छ ।
यस्तै मनाङको नासों गाउँपालिकामा कूल मतदाता १ हजार ८ सय २ रहेकोमा १ हजार ४ सय ९६ अर्थात् ८३ प्रतिशत मत खसेको छ । मनाङको विकट नार्पाभूमी गाउँपालिकामा सबैभन्दा कम ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात् खसेको मतको ६८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया