भक्तपुरका चार वटा नगरपालिकाहरुमा खस्यो ७६ प्रतिशत मत

भक्तपुर । भक्तपुरमा ७६ प्रतिशत मत खसेको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ७६ प्रतिशत मत खसेको छ । त्यस्तै सूर्यविनायक र मध्यपुर थिमिमा ७५ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
जिल्लाका चार वटा नगरपालिकाहरुमा दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शुक्रबार शान्तिपूर्ण रुपमा मतदान भए । जिल्लामा भक्तपुरमा ४३ हजार तीन सय ७४, मध्यपुर थिमिमा ३१ हजार चार सय १०, चाँगुनारायणमा ३३ हजार दुई सय ८८ र सूर्यविनायकमा ३५ हजार पाँच सय ५१ वटा मत खसेको आयोगका सूचना अधिकारी भीमबहादुर विसीले बताए ।
जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा थिए । यहाँ कुल ६२ वटा मतदान केन्द्रहरु थिए । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा रहेका थिए । त्यहाँ ४६ वटा मतदान केन्द्रहरु थिए । चाँगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु थिए ।
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया