डोकोबाटै भोट दिएर अस्ताए खड्का
मेरोन्यूज
२०७९ वैशाख ३० गते २२:४५

जाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।
मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।
सम्बन्धित
प्रतिक्रिया