बुधबार, चैत २५, २०८२

कुमाख गाउँपालिका १ नम्बर वडामा माओवादी प्यानल विजयी

मेरोन्यूज २०७९ वैशाख ३१ गते ७:४४

सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस एमाले गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरेका छन्।
महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।
कांग्रेस-एमाले गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार रहेका मानबहादुर बुढाथोकीकै वडामा माओवादी केन्द्रको प्यानल नै विजयी भएको हो।

Advertisement
nepal life insurencenepal life insurence

उक्त वडाबाट कांग्रेस-एमाले गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार मानबहादुर बुढाथोकीलाई ५५८ मत प्राप्त भएको छ भने माओवादी केन्द्र अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीले ५१७ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रका धनसरा मल्लले ५५८ मत प्राप्त गरेका छन् भने कांग्रेस(एमाले गठबन्धनको तर्फबाट उपाध्यक्षका उम्मेदवार एमालेका लालबहादुर रावतले ४८० मत प्राप्त गरेका छन्।

कुल मतदाता १७३९ रहेको कुमाख गाउँपालिका वडा नं. १ मा १२१४ मत खसेको थियो।

प्रतिक्रिया