जुम्लाको गज्याङकोटमा १ जेठमा पुन: मतदान हुने

जुम्ला । जुम्लामा स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुनस् मतदान हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ ।
शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो । गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुदा सम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।
जुम्लामा ७६.८३ प्रतिशत खस्यो
जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ । स्थानीय प्रशासनका अनुसार जुम्लाको जम्मा मतदाता ६७,७४४ मध्य एक हजार ७ रहेको मतदान केन्द्रको गणना गरिएको छैन् । बाँकी मतदाता मध्ये ७६.८३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी प्रसाईंले जानकारी दिइन् ।










थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया