सुर्खेतको पञ्चपुरी १ मा एमालेको प्यानल नै विजयी, पालिका प्रमुखमा कांग्रेसको अग्रता
मेरोन्यूज
२०७९ वैशाख ३१ गते १३:१६
सुर्खेत । पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । पञ्चपुरी नगरपालिका–१ मा एमालेका कर्णबहादुर थापाको प्यानल विजयी भएको हो । थापाले चार सय ७९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बुँदे साउनले तीन सय ६३ मत पाए ।
यस्तै, माओवादी केन्द्रका नरबहादुर विकले ४२ र राप्रपाका देवबहादुर रानाले १४ मत पाएका छन् । नगरपालिकामा प्रमुखमा कांग्रेसले अग्रता लिएको छ । १४ सय मत गणना हुँदा कांग्रेसका लालबहादुर भण्डारीले पाँच सय ५८ मतका साथ अग्रता लिएका छन् । भण्डारीलाई एमालेका धनबहादुर थापाले पाँच सय १५ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकी मुक्तिदेवी रेग्मीले पाँच सय ६० मतका साथ अग्रता लिएकी छिन् । एमालेकी दुर्गाकुमारी जैसीले चार सय ९९ मत पाएकी छिन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया