आइतबार, चैत १०, २०८१

कांग्रेस, एमाले र एसकाे गठबन्धनलाई हराउँदै डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी विजयी

मेरोन्यूज २०७९ वैशाख ३१ गते १५:०१

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा माओवादीबाट नारासिंङ रोकाय, उपाध्यक्षमा अमृता लामा र यो गाउँपालिकाको तीन वटा वडा अध्यक्ष माओवादीले जितेको छ।

माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।

उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले ७५९ मत ल्याइन्। उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।

यहाँ कांग्रेस, एमाले र समाजवादीले चुनावी तालमेल गरेका थिए। माओवादी एकल रूपमा चुनावमा होमिएको थियो।

प्रतिक्रिया