शुक्रबार, चैत ८, २०८१

मत गणनामा झडप हुँदा तीन जना घाइते

मेरोन्यूज २०७९ वैशाख ३१ गते १८:१९

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मत गणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।

मत गणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् ।

६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ ।

घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए ।

प्रतिक्रिया