काठमाडौंमा केशव स्थापितलाई बालेन शाहले ७०० मतले पछाडी पारे, सिर्जना सिंहको कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते ७:०१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहले १५८७ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८८७ मत पाएका छन् । स्थापितभन्दा बालेन ७ सय मतले अगाडि छन् ।
कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने ८२२ मत पाएकी छन् । काठमाडौँमा हालसम्म ४४५३ मतगणना गरिएको छ । हाल मत गणना जारी छ ।
सम्बन्धित
प्रतिक्रिया