आइतबार, चैत १०, २०८१

१८ पालिकाको नतिजा आयो, कुन दलले कहाँ जिते ?

कांग्रेस ७, एमाले ६, माओवादी ३ र एकीकृत समाजवादी २ स्थानमा विजयी

मेरोन्यूज २०७९ जेठ १ गते ८:३२

काठमाडौं । बैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १८ पालिकाको अन्तिम मतपरिणाम प्राप्त भएका छन्।

नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले ३, नेकपा एकीकृत समाजवादीले २ पालिका प्रमुख जितेका छन्।

कांग्रेस कहाँ कहाँ भए विजयी ?

१) मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२) मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३) मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४) गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्वहज पन्थी विजयी
५) डडेलधेराको गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६) गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी

७) डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी

नेकपा एमालेले कहाँ कहाँ जिते ?

१) मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी

२) मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी

३) मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी

४) मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी

५) मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी

६) डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी

नेकपा माओवादी केन्द्रले कहाँ कहाँ जिते ?

१) डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी

२) दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३) दार्चुलाको अपि हिमाल गाउँपालिका : अध्यक्ष भक्तसिंह ठेकरे (बोहरा)

नेकपा एकीकृत समाजवादीले कहाँ कहाँ जिते ?
१) डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी

२) डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी

प्रतिक्रिया