शनिबार, चैत ९, २०८१

महानगर र उपमहानगरमा एमालेको अवस्था के ?

एउटा महानगर र दुईवटा उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार अगाडी, एमाले एउटा उपमहानगरमा मात्रै अगाडी, अन्यमा सत्ता गठबन्धन हावी

मेरोन्यूज २०७९ जेठ १ गते १०:०१

काठमाडौं । सत्ता गठबन्धन दलले केन्द्रबाटै देशभरका ६ महानगर र ११ वटा उपमहानगरपालिकामा गठबन्धन गरेर चुनाव लडेका थिए । कांग्रेस माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाले सिट बाँडफाँड गरेर चनावी तालेमल गरेर चुनावमा गएका थिए ।

सत्ता गठबन्धनले आफु विरुद्ध गठबन्धन गरेपछि एमालेले पनि राप्रपा, राप्रपा नेपाल, परिवार दल लगायत सँग अर्काे चुनावी गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

जसकाकारण पनि महानगर र उपमहानगरको चतिजा के आउँला ? सवैको चासो त्यही देखिन्छ ।
मतगणना अहिले सवैतिर भईरहेको छ । केही पारम्भिक नतिजा मात्रै अहिले आईरहेका छन् । पारम्भिक नतिजाको रुझान हेर्दा एमाले बाराको कलैया उपमहानगरपालिकामा मात्रै अगाडी छ । अन्य सवैमा एमाले पछाडी पछाडी मतान्तर घटाउने, बढाउने गरी अगाडी बढिरहेको छ ।

देशको राजधानी रहेको काठमाडौं महानगरपालिका र दुई वटा उपमहानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार अगाडी छन् ।

काठमाडौं महानगरपालिका
काठमाडौं महानगरपालिकामा कांग्रेस, एमालेको अलग अलग गठबन्धन भन्दा पनि स्वतन्त्र उम्मेदवार बालेन शाह धेरै अगाडी देखिएका छन् । उनले मतान्तर अगाडी बढाउँदै लगेका छन् । सुरुआती देखि नै बालेन पछाडी परेका छैनन । उनले एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंह दुवैलाई पछाडी पादैं अग्रता लिईरहेका छन् ।

यो समचार तयार पार्दासम्म काठमाडौं महानगरपालिकामा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन्।

बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १००६ मत ल्याएकी छन् । यो महानगरपालिकामा एमालेका उपमेयरका उम्मेदवार सुनिता डंगोल भने धेरै अगाडी छन् ।

ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका चिरिबाबु महर्जन अगाडी छन् । उनले एमाले उम्मेदवार हरिकृष्ण ब्यन्जनकारलाई अगाडी पर्न दिएका छैनन । चिरिबाबुले मतान्तर बढाउँदै लगेका छन् ।

चिरिबाबुले ७०६ मत ल्याएका छन् । एमालेका हरिकृष्ण ब्यनजनकारले ३३६ मत पाएका छन् ।

उपमेयरमा भने यहाँ पनि एमालेका उम्मेदवार मन्जली शाक्य अगाडी देखिएकी छिन् । उनलाई माओवादी केन्द्रका बाबुकाजी महर्जनले पछ्याईरहेका छन् ।

भरतपुर महानगरपालिका
सर्वाधिक चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याईरहेका छन् । स्वतन्त्रका जगन्नाथ पौडेल तेस्रो स्थानमा छन् ।

रेनुले ११७८ मत पाएर अग्रता लिईरहेकी छिन् । उनलाई विजय सुवेदीले पिछा गरिरहेका छन् । सुवेदीले १०६८ मत ल्याएका छन् । स्वतन्त्रका जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकामा पनि कांग्रेसका नागेश कोइराला अगाडी छन् । उनलाई एमालेका सागरकुमार थापाले पछ्याईरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपाली कांग्रेसका कोइरालाले २५८३ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सागर थापाले १६१५ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमाले उम्मेदवार शिल्पा निराला कार्कीको अग्रता कायमै रहँदा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादव उनलाई पछ्याइरहेका छन्। कार्कीले ८५३ मत पाउँदा यादवले ६७५ मत पाएका छन्।

वीरगन्ज महानगरपालिका
वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार अगाडी देखिएका छन् । जसपाका राजेशमान सिंह एमाले लोसपाका उम्मेदवार विजय सरावगी भन्दा अगाडी छन् ।

बीरगन्जमा राजेशमान निक्कै अगाडी देखिएका छन् । उनले १५६० मत ल्याएका छन् अहिलेसम्म । सरवागीले यो समाचार तयार पार्दासम्म ६६६ मत मात्रै पाएका छन् ।

पोखरा महानगरपालिका
गत स्थानीय तह चुनावमा कांग्रेस र माओवादीको गठबन्धनका उम्मेदवारलाई झण्डै १४ हजार वढी मतान्तरमा एमालेले जितेको महानगरपालिका थियो, पोखरा महानगरपालिका । यो महानगरपालिकामो अहिले मतगणना जारी छ । जारी मतगणनामा एमालेका उम्मेदवार कृष्ण थापा र गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको वीचमा कडा प्रतिस्पर्धा देखिएको छ ।

१६ सय मत गणना गर्दा आचार्य ६१३ मतसहित अगाडि छन्। यहाँ नेकपा एमालेका उम्मदेवार कृष्ण थापाले ५८३ मतसहित पछ्याइरहेका छन्।

उपमेयरमा सत्तागठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ७१६ मतसहित अग्रता कायमै राखेकी छन्।

उपमहानगरमा कहाँ के छ अवस्था ?

धरान उपमहानगरपालिका
धराउन उपमहानगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार किशोर राईले १३४० मतसहित अगाडि छन्। उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन्। एमाले उम्मेदवार मञ्जु भण्डारीले ७०६ मत पाएकी छन्।
हालसम्म धरानमा ३५ सय मतगणना भइसकेको छ। मतगणना जारी छ।

इटहरी उपमहानगरपालिका

सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।

आइतबार बिहानसम्म मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले २६६२ मत पाएका छन् भने एमालेका यामकुमार सुब्बाले १९३४ मत ल्याएका छन्।

उपमेयरमा एकीकृत समाजवादीका केशवकुमार बिष्टले १८०३ मत पाएका छन् भने एमालेकी संगीता चौधरीले २०४८ मत पाएकी छन्।

२०७४ मा इटहरीमा मेयर र उपमेयर दुबै एमालेले जितेको थियो।

कलैया उपमहानगरपालिका
बाराको कलैया उपमहानगरपालिकामा भने नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो मतगणना अनुसार बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा एमालेका विनोद साहले ११७७ मत पाएका छन्।

उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेश राय यादवले ६११ मतसहित पछ्याइरहेका छन्।

यस्तै उपप्रमुखमा पनि एमालेले अग्रता कायमै राखेको छ । एमालेकी रौशन प्रवीणले ९५७ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट जसपाका प्रमोद गुप्ताले ६०२ मत ल्याएर पछ्याइरहेका छन्।

बुटवल उपमहानगरपालिका

बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले फराकिलो अग्रता बनाएको छ। पछिल्लो विवरण अनुसार, सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। उनलाई नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।

उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै सत्ता गठबन्धनका साँझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

तुलसीपुर उपमहानगरपालिका
दाङको तुलसीपुर उपमहानगरपालिकामा भने मतगणना शुरु भएको छैन । उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुनै बाँकी रहेकोले त्यहाँ मतगणना भएको छैन ।

तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो। सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ ।

जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिका
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । नेपालगन्ज उपमहानगरपालिका नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले ९८४ मत ल्याएर अग्रता लिएका हुन् । राप्रपाका नन्दलाल वैश्यले ३६६ मत प्राप्त गरेका छन् ।

धनगढी उपमहानगरपालिका
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५० भन्दा बढी मतले अग्रता लिएका छन् । २९५३ मत गणना हुँदा हमालले १३८६ मत पाएका छन् ।

नेपाली कांग्रेसका नृपबहादुर वडले ८०७ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १४३ मत पाएका छन् ।

उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६८१ मत पाएकी छन् भने एमालेकी कन्दकला रानाले रानाले ३८४ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४८१ मत पाएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिका


जीतपुर सिमरा उपमहानगरपालिका मा गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल अगाडी छन् । उनलाई एमालेकी उम्मेदवारले पछ्याईरहेकी छिन् ।

जीतपुर सिमरामा माओवादी केन्द्रका राजन पौडेलले २६११ मत पाएका छन् । एमालेकी सरस्वती चौधरी उनलाइृ पछ्याईरहेकी छिन् । चौधरीले २१६५ मत ल्याएकी छिन् ।
उपप्रमुखमा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले २५३५ मत पाएको छ अहिलेसम्म । उनलाई एमालेले २१५० मत सहित पछ्याईरहेको छ ।

घोरही उपमहानगरपालिका
घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले सुरूदेखि राखेको अग्रता बढाउँदै लगेका छन्।

गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) ले २८८४ मतका साथ अग्रता गरिरहेका छन्। मेयर पदका उम्मदेवार डायमण्ड प्रतिष्पर्धी उम्मेदवारभन्दा ३६० ले मतले अगाडि छन्। नेकपा एमालेका मेयरका उम्मेदवार नरूलाल चौधरीले २५२४ मत पाएका छन् ।

त्यस्तै गठबन्धका तर्फबाट नेपाली कांग्रेसका उपमेयर पदका उम्मेदवार भुपबहादुर डाँगीले फराकिलो अग्रता बनाएका छन्। उनले ६४२ मतान्तरले एमालेका उम्मेदवारलाई उछिनेका छन्।

डाँगीले सबैभन्दा धेरै ३१०० मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी हुमा डिसीले २४५८ मत प्राप्त गरेकी छन्।

हेटौडा उपमहानगरपालिका
सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले १५८९ मत मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका अनन्त पौडेलले १५५० मत ल्याएर पछ्याइरहेका छन्। पौडेललाई राप्रपाका दिपक बहादुर सिंहले १४१४ मतसहित कडा टक्कर दिइरहेका छन्।


उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजवेश बानियाँले २२६३ मत ल्याएका छन्। उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १८९१ मत ल्याएर पछ्याइरहेकी छन्।

जनकपुर उपमहानगरपालिका

जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले अग्रता कायम राखेका छन्।

छिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १२६४ मत पाएका छन् । उनलाई सुरुदेखि नै नेकपा एमालेका शिवशंकार साह ‘हिरा’ले पछ्याउँदै छन् । हिराले ६३८ मत ल्याएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २२४ मत ल्याएर तेस्रो स्थानमा छन् । सत्ता गठबन्धनको तर्फबाट मेयर उम्मेदवार बनेका जसपाका लालकिशोर साहको अवस्था नाजुक देखिएको छ । निवर्तमान मेयर समेत रहेका उनी मात्र १४५ मतका साथ चौथो स्थानमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मनोज चौधरीले भने १६४ मत पाएका छन्।

प्रतिक्रिया