हुम्लाको खार्पूनाथको अध्यक्षमा कांग्रेसका कर्णबहादुर रावल विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते १२:४०

काठमाडौं । हुम्लाको खार्पूनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।
उनले १८ सय १० मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले ११ सय ९५ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह विजयी भए । उनले १८ सय ७२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८ सय ५० मत प्राप्त गरे ।
सम्बन्धित
प्रतिक्रिया