उदयपुरका मुख्य निर्वाचन अधिकृतकाे राजीनामा

उदयपुर, १ जेठ।उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । निर्वाचचनको काम नसकिँदै उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका हुन । उदयपुरको ९८ मतदानस्थल मध्ये त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत तनावमा थिए । साेही कारणा राजीनामा दिएकाे हुनसक्ने स्थानीयकाे अनुमान छ ।
विवादपछि जनप्रेमी आधारभूत विद्यालयमा रहेकाे मतदान केन्द्रकाे मतदान स्थगित गरिएको थियो । स्थगित गरिएको ठाउँमा मतदान गर्न नसक्ने भन्दै मुख्य निर्वाचन अधिकृतले आयोग समक्ष राजीनामा दिएका हुन् । पानी परेपछि स्थगित मतदान प्रक्रिया पुन: सुचारु नगरेपछि विवाद भएको थियो । मतदानका लागि उम्मेदवारसहित एक हजारभन्दा बढी सर्वसाधारण लाइनमै थिए । तर, उनीहरुले मतदान गर्न नपाएपछि विवाद भएको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया