बाबुराम भट्टराईको गृहनगरमा माओवादी केन्द्रको अग्रता
मेरोन्यूज
२०७९ जेठ १ गते १३:१२

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादीका मेयरका उम्मेदवार विवश चिन्तनले १७६६ मत पाएका छन् ।
दोस्रोमा जसपाका मेयर उम्मेदवार प्रेम बहादुर गुरुङले १५१२ मत पाएका छन् । कांग्रेस उम्मेदवार दीपकबाबु कँडेलले १४८५ मत पाएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले १३९९ मत पाएकी छन् । त्यस्तै माओवादी केन्द्रकी उपमेयर उम्मेदवार बन्दना पाण्डेले १८३४ मत पाएकी छन् भने एमाले उम्मेदवार पार्वती पाठकले ७०१ मत पाएकी छन् । हाल मत गणना जारी छ ।
सम्बन्धित
प्रतिक्रिया