एमालेका केन्द्रीय सचिवको श्रीमान वडा सदस्यमा पराजित
मेरोन्यूज
२०७९ जेठ १ गते १३:२१

स्याङजा । नेकपा एमालेका एक जना सचिवका श्रीमान वडा सदस्यमै पराजित भएका छन् । एमाले सचिव पद्मा अयार्लका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका – १को वडा सदस्यमा पराजित भएका हुन् ।
वालिङ– १ को खुला सदस्यको उम्मेदवार पौडेल काँग्रेसका उम्मेदवार सम्भव अर्यालसँग पराजित भएका हुन् ।
वडा १ मा १८३४ मत खसेकोमा सम्भव अर्यालले १ हजार ११२ मत ल्याएका छन् । एमालेका पौडेलले ६४५ मत मात्र पाए । काँग्रेसका उम्मेदवारसँग उनी ४६७ मतान्तरले पराजित भएका हुन् । वालिङ – १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया