इलामका तीन वडामा एमाले र तीनमा गठबन्धनका उम्मेदवार निर्वाचित

इलाम । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले आठ सय ३० मत पाउँदा निकटतम प्रतिष्पर्धी कांग्रेसका जीवनकुमार राईले तीन सय ३४ मत पाएका छन् । प्रदिप निवर्तमान वडाअध्यक्ष पनि हुन् । महिला सदस्यमा एमालेकी पुनम सम्बाहाम्फे, खुला सदस्ययमा खगेन्द्र खड्का र दिवस राई निर्वाचित भएका छन् ।
इलाम नगरपालिका-१२ मा नेपाली कांग्रेसले प्यानलै विजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसका लाखमान लिम्बूले एक हजार दुई मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धी एमालेका नवीनकुमार लिम्बूले नौ सय २० मत पाएका छन् ।
महिला सदस्यमा बीबी लिम्बू, दलित महिला सदस्य कुमारी ल्वागुन, खुला वडा सदस्यमा टीकबहादुर एक्तेन र नेत्रप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
यस्तै, माई नगरपालिका-१० मा गठबन्धनलाई हराउँदै नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडाध्यक्षमा एमालेका गणेश राईले ६ सय ५८ मत ल्याएर निर्वाचित भए ।
उनका निकटताम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर आलेमगरले पाँच सय २४ मत प्राप्त गर्दै पराजित भए । महिला सदस्यमा एमालेकै कृष्णकुमारी थापा, दलित महिला सदस्यमा गीतादेवी गदाइली, खुला सदस्यमा राजकुमार गड्तौला र मोहनकुमार मगर विजयी भएका छन् ।
देउमाई नगरपालिका-१ मा पनि नेकपा एमालेलेको प्यानल निर्वाचित भएको छ । वडाध्यक्षमा एमालेका मीनराज श्रेष्ठ एक हजार दुई मत ल्याएर निर्वाचित भएका छन् ।
इलामको माईजोगमाई गाउँपालिका-२ मा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । वडाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका डम्बर बहादुर सुवेदी निर्वाचित भएका छन् । डम्बर बहादुर सुवेदीले एक हजार २९ मत पाएका छन् ।
इलाम १ मा गठबन्धनभित्रको नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका गायत्री बस्नेतले जिते भने उनका प्रतिद्धन्दी एमालेका अम्बिका बस्नेत पराजितभए ।















बेलायतमा पाँचौं ए स्टार नेपाल बास्केटबल लिग मार्च १५ देखि
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
अल्ट्रा धावक टोली भारत प्रस्थान
कर्णाली सरकारद्वारा दुई विधेयक स्वीकृत
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
प्रतिक्रिया