मंगलबार, चैत ५, २०८१

विवादपछि भरतपुरमा पुन: मत गणना शुरु

मेरोन्यूज २०७९ जेठ १ गते १६:०४

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मत गणना शुरु भएको छ । आगामी मतपत्रमा स्वस्तिक चिन्ह स्पष्ट भए मात्रै सदर मान्ने निर्णयसँग मत गणना शुरु भएको हो ।

मतपत्रमा छाप संकेत कस्तोलाई आधारमा मान्ने भन्नेबारे दलका प्रतिनिधिबीच विवाद हुँदा मत गणना रोकिएको थियो । मत चिन्हभित्र पर्ने गरेर छाप लगाए पनि संकेत मधुरो देखिएकाले बदर गरेको विषयमा एमालेले आपत्ति जनाउँदा मत गणना रोकिएको हो ।

पछिल्लो परिणामअनुसार भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अगाडि रहेकी छन् ।

प्रतिक्रिया