भरतपुरमा रेनु दाहालसँग मतान्तर घटाउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ १ गते १६:५२

चितवन । जिल्लाको भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
कूल पाँच हजार ६७७ मत गणना हुँदा रेनुले दुई ६ ल्याउँदै अग्रता कायम राखेकी छन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याउँदै एक हजार ९५४ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ६५१ मत पाएका छन् । भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार २०१ मत पाएका छन् ।
यसैगरी राप्रपाकी हिमला गुरुङले एक हजार ५७१ मत पाएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया