अहिलेसम्म कुन दलले कहाँ जिते ? (सूचीसहित)

काठमाडौँ । अहिलेसम्म देशभर ३० स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये १३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।
यस्तै, नेपाली कांग्रेसले ९ वटा स्थानीय तहमा जित हात पारेको छ । नेकपा माओवादी केन्द्रले ६ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन् ।
नेकपा एमाले विजयी भएका पालिकाहरू :
१, मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष कान्छा घले विजयी
२, मनाङको चामे गाउँपालिका : अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
३, मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
४, मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
५, मुस्ताङको लोमान्थाङ गाउँपालिका : अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
६, डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
७, सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
७, बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
८, नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
९, बझाङको थलारा गाउँपालिका : अध्यक्ष प्रकाश रोकाया विजयी
१०, मुस्ताङको थासाङ गाउँपालिका : अध्यक्ष प्रदिप गौचन
११, म्याग्दीको मालिका गाउँपालिका : अध्यक्ष वेगप्रसाद गर्वुजा
१३, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका : अध्यक्ष यादवबहादुर खापुङ
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :
१, मनाङको नार्पा भूमी गाँउपालिका : कोन्जो तेन्जीङ लामा विजयी
२, मनाङको नासोँ गाउँपालिका : धनबहादुर गुरुङ विजयी
३, मुस्ताङको घरपोझङ गाउँपालिका : मोहनसिंह लालचन विजयी
४, गुल्मीको रेसुङ्गा नगरपालिकामा : खिलध्वज पन्थी विजयी
५, गन्यापधुरा गाउँपालिका : अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
६, गुल्मीको गुल्मीदरबार गाउँपालिका : अध्यक्ष सरोजकुमार थापा विजयी
७, डोटीको बडीकेदार गाउँपालिका : अध्यक्ष भैरवबहादुर साउद विजयी
८, हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
९, बागलुङको तमानखोला गाउँपालिका : अध्यक्ष जोकलाल बुढा
नेकपा माओवादी केन्द्र :
१, डोल्पाको जगदुल्ला गाउँपालिका : अध्यक्ष नारसिङ रोकाय विजयी
२, दैलेखको नौमुले गाउँपालिका : अध्यक्ष छविराम सुवेदी
३, बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
४, उदयपुर लिम्चुङबुङ गाउँपालिका : अध्यक्ष मेजरकुमार राई
५, रोल्पाको थवाङ गाउँपालिका : अध्यक्ष ऋषिकेशव बुढामगर
६, खोटाङको जन्तेढुंगा गाउँपालिका : अध्यक्ष अरूणादेवी राई
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका :
१, डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष सेनाङ गुरुङ विजयी
२, डोल्पाको काइके गाउँपालिका : अध्यक्ष अंगदकुमार राना विजयी
प्रतिक्रिया