आइतबार, चैत १०, २०८१

रेनु दाहाललाई विजय सुवेदीले भेट्टाउन १४ मत बाँकी

मेरोन्यूज २०७९ जेठ १ गते १८:५०

चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाललाई विजय सुवेदीले भेट्टाउने भएको छ । कूल ६ हजार ४७७ मत गणना हुँदा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी दाहाल आफ्ना प्रतिद्वन्द्वीसँग जम्मा १४ मतले अगाडि भएकी छन् ।

दाहालले दुई हजार ३१७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले दुई हजार ३०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत ल्याइसकेका छन् ।

प्रतिक्रिया