भरतपुरमा रेनु दाहालको अग्रता तोडियो
मेरोन्यूज
२०७९ जेठ १ गते २०:०६

काठमाडौँ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता तोडिएको छ । उनलाई एमालेका विजय सुवेदीले उछिनेका हुन् ।
रेनु दाहालले दुई हजार ४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी दुई हजार ४६८ मत ल्याएका छन् ।
विजयले रेनुलाई ३ मतले उछिन्दै अग्रता लिएका हुन् । यस्तै, जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया