आइतबार, चैत १०, २०८१

भरतपुरमा दुरी बढाउँदै विजय सुवेदी, रेनु दाहाल पछ्याउँदै

मेरोन्यूज २०७९ जेठ १ गते २१:३१

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । उनी सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालभन्दा १४ मतले अगाडि भएका हुन् ।

सुवेदीले दुई हजार ६९३ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार दाहालले दुई हजार ६७९ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले दुई हजार ९५३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले दुई हजार १६२ मत ल्याएकी छन् ।

प्रतिक्रिया