म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । नेपाली कांग्रेसका उम्मेदवारले वडा नं ३ को पुनः मतगणनाको माग गरेपछि बिहान १२ बजेदेखि रोकिएको मतगणना अझै सुरु भएको छैन ।
निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिहरुबीचको छलफलमा मतगणना अघि बढाउने विषयमा सहमति नजुटेपछि पुन मतगणनाका लागि निर्वाचन आयोगमा अनुमति मागिएको छ । निर्वाचन अधिकृत जानुका सुवेदीले पुनः मतगणनाको निवेदन निर्वाचन आयोगमा पठाइएको र आयोगको निर्णय नआउँदासम्मका लागि मतगणना स्थगित भएको बताए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्नपूर्ण–३ दानामा नेकपा ९एमाले०का वडाध्यक्षका उम्मेदवार रमेश पुर्जाले ५३४ मत ल्याएर विजयी भएको घोषणा गरेको थियो । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुरत केसीले ५०८ मत पाएको घोषणा भएको थियो ।
वडा नं ४ को मतगणना गर्न थालेपछि केसी र कांग्रेसका प्रतिनिधिले पुनः मतगणनाको माग गरेका हुन् । अन्नपूर्ण–३ मा खसेको मतभन्दा गणना भएको मत सङ्ख्या बढी भएको केसीको भनाइ छ । एक हजार ५४५ जना मतदाता रहेको सो वडाको ज्ञानप्रकाश मतदान केन्द्रमा शुक्रबार भएको मतदानमा एक हजार ७६ मत खसेको थियो । पुनः मतगणनाको माग गर्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अधिकृतको कार्यालय परिसरमा नाराबाजी गरेका थिए ।
विवाद समाधानका लागि प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानालगायत सुरक्षा अधिकारी अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पुगेका थिए । अन्नपूर्ण–१ मा एमालेका दिलीपकुमार गर्बुजा र २ मा एमालेकै ओमप्रकाश फगामी निर्वाचित भएका हुन् ।
अन्नपूर्णको दुईवटा वडाको एक हजार ५७ मत गनेर सकिदाँसम्म अध्यक्षमा एमालेका पुनले ६९१, कांग्रेसका तिलिजाले ३४२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनले ६६२ र कांग्रेसले ललिता तिलिजा पुनले ३४४ मत पाएका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया