एमालेले अन्तिम परिणाम कुर्ने धैर्यता नराखी प्रश्न उठायो : गगन थापा
मेरोन्यूज
२०७९ जेठ १ गते २१:५७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन परिणाम नआउँदै एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएर अभिमतको अवमूल्यन गरेको बताएका हुन् ।
एमालेका महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएसँगै महामन्त्री थापाले जवाफ दिएका हुन् ।
‘मतदानसम्म ठीक, मत, गणनाको प्रारम्भमा पनि ठीक तर, प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्नेसमेत धैर्यता नराखी नेकपा एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० गते मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमाले महासचिव पोखरेलले निर्वाचनमा मतदान र मत गणनामा गठबन्धनले योजनाबद्ध धाँधली गरेको आरोप लगाएका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया