माओवादीलाई झिनो मतले पराजित गर्दै कांग्रेस उम्मेदवार विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते २२:०४

सल्यान । जिल्लाको कुमाख गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका उम्मेदवार मान बहादुर बुढाथोकी चार हजार ५८ मतसहित अध्यक्ष पदमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले चार हजार १२ मत पाए । यस्तै, एमालेका लाल बहादुर रावत उपाध्यक्षमा विजयी भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया