शुक्रबार, चैत ८, २०८१

केपी ओलीको गृह नगरमा बलियो बन्दै गठबन्धनका उम्मेदवार

मेरोन्यूज २०७९ जेठ १ गते २२:१२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा गठबन्धनका राम थापाले अग्रता कायमै राखेका छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां)का थापाले ३७ सय २९ मत ल्याएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एमालेकी गीताकुमारी पौडेल अधिकारीले ३२ सय ७२ मत ल्याएकी छन् ।

उपमेयरमा गठबन्धनकै तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले अग्रता कायम राखेकी छन् ।

यस नगरपालिकामा ६ दलीय गठबन्धनबीच चुनावी तालमेल रहेको छ ।

प्रतिक्रिया