दोब्बर मतले अगाडि बढ्दै बालेन शाह, अरू उम्मेदवारको मत कति ?
मेरोन्यूज
२०७९ जेठ १ गते २२:२५

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि बढिरहेका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
आइतबार राति १० बजेसम्म उनले चार हजार ३६५ मत पाएका छन् । उनको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशव स्थापितले दुई हजार ३०३ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् ।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले दुई ६७ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया