भरतपुरमा एमालेका विजय सुवेदीकै अग्रता, रेनु दाहाल थोरै मतले पछाडि
मेरोन्यूज
२०७९ जेठ १ गते २२:५९

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । उनी सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालभन्दा १० मतले अगाडि भएका छन् ।
सुवेदीले दुई हजार ८०६ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार दाहालले दुई हजार ७९६ मत ल्याएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७६ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले दुई हजार २३८ मत ल्याएकी छन् ।
सम्बन्धित
प्रतिक्रिया