रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै विजय सुवेदी
मेरोन्यूज
२०७९ जेठ २ गते ६:५७

काठमाडौँ । भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँग मतान्तरको दुरी बढाउँदै गएका छन् । अहिलेसम्म उनले तीन हजार ३२४ मत ल्याएका छन् ।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी दाहालले तीन हजार ३०६ मत ल्याएकी छन् । रेनुभन्दा विजय १८ मतले अगाडि रहेका छन् ।
स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले एक हजार १८७ मत ल्याएका छन् ।
सम्बन्धित
प्रतिक्रिया