आइतबार, चैत १०, २०८१

स्थापितभन्दा बालेन २,४९४ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ २ गते ७:०८

काठमाडौं । महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) अग्रता कायमै राखेका छन् । हालसम्म १४ हजार ३२६ मतगणना भएको निवार्चन कार्यालयले जनाएको छ ।

पछिल्लो मत परिमाणनुसार बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन् । बालेनले २ हजार ४९४ बढी मतले अग्रता कायम गरेका छन् ।
भने दोस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले २ हजार ९५२ मत ल्याए ।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ५७७ मत ल्याएकी छिन् ।

प्रतिक्रिया