घरेलु मैदानमा पहिलो टी-२० शृंखला आज, नेपाल र युगान्डा भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा आज (सोमबार) टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्दैछ । जसका लागि नेपालले अफ्रिकन राष्ट्र युगान्डालाई आतिथ्य प्रदान गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पाँच खेलको शृंखला लागि युगान्डा टिम आइतबार नै नेपाल आएको थियो । खेल दिउँसो १ बजे हुनेछ ।
जगत टमटाको प्रशिक्षणमा रहेको नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले गर्नेछिन् । उपकप्तानको जिम्मा इन्दु वर्माले पाएकी छिन् । सन् २००७ मा मलेसियामा भएको एसीसी महिला च्याम्पियनसिपबाट नेपाली महिला क्रिकेट टिमको अन्तर्राष्ट्रिय क्षेत्रमा उदय भएको थियो ।
त्यसयता, नेपाली टिमले घरेलु मैदानमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) खेल्यो । जहाँ कास्य पदक जितेको थियो । नेपाली टिमका प्रशिक्षक टमटा खेलाडी पहिलो पटक घरेलु मैदानमा अन्तरराष्ट्रिय शृंखला खेल्न आत्तुर रहेको बताउँछन् । उनी घरेलु मैदानमा खेल्न युवा खेलाडीलाई ‘च्यालेन्ज’ हुने समेत बताउँछन् ।
खेलका १६ सदस्यीय टोली घोषणा भइसकेको छ । अस्मिना कर्माचार्य र हिरणमयी रोयले पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।
बागमती प्रदेशको कप्तानी गर्दै आएकी तिव्र गतिकी बलर अस्मिना बन्द प्रशिक्षणमा रहेपनि पहिलो पटक स्थान बनाएकी हुन् । यु-१९ प्रतियोगितामा राम्रो प्रदर्शन गरेकी लेग स्पिनर हिरणमयी रोय पहिलो अवसरमै टोलीमा स्थान बनाएकी छन् ।
यसअघि नेपालले पहिलो अन्तर्राष्ट्रिय टी-२० शृंखला कतारविरुद्ध गत मंसिरमा खेलेको थियो । कतार भ्रमण क्रममा खेलिएको शृंखला नेपालले ‘क्लिन स्विप’ गरेको थियो ।
हाल नेपाल आईसीसी टी–२० वरियतामा १६औं स्थानमा छ भने युगान्डा १९औं स्थानमा छ । नेपाल र युगान्डाबीच ३ जेठमा दोस्रो, ५ जेठमा तेस्रो, ६ जेठमा चौथो र अन्तिम तथा पाँचौ ७ जेठमा हुनेछ । खेल हेर्न दर्शकलाई मैदान प्रवेश निशुल्क समेत गरिएको छ ।
नेपाली टोली
रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगीता राई, सबनम राई, रोमा थापा, सरिता राना मगर, हिरणमयी रोय, बिन्दु रावल















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया