चन्द्रमाको माटोमा पहिलो पटक बोटबिरुवा उमारियो

न्युयोर्क, २ जेठ। वैज्ञानिकहरूले पहिलो पटक चन्द्रमाको माटोमा बिरुवा उमारेका छन् । यस विषयलाई चन्द्रमामा लामो समयसम्म बस्न सम्भव बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । अन्वेषकहरूले सन् १९६९ देखि सन् १९७२ मा एपोलो मिसननमा संकलन गरिएको धुलोको सानो नमूना एक प्रकारको बनस्पति उमारेका थिए ।
धेरै अचम्मको विषय दुई दिनपछि बीउ अंकुरित भएको थियो । ‘म तपाईलाई बताउन सक्दिन कि हामी कति अचम्मित थियौं’, फ्लोरिडा विश्वविद्यालयकी प्राध्यापक अन्ना–लिसा पलले भने ।
उनकाअनुसार चन्द्रमाबाट संकलित माटो र सामान्य माटोमा उमारिएका बिरुवाहरू झन्डै ६ दिनसम्म उस्तै देखिए । तर, ६ दिनपछि भने केही भिन्नता देखिएको थियो । त्यसपछि चन्द्रमाको माटोमा हुर्केका बिरुवाहरूले तनाव देखाउन थाले, ढिलो विकसित भए र साना देखिए ।
तर, अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले यसलाई ठूलो उपलब्धि भनेका छन् । ‘यो अनुसन्धान नासाको दीर्घकालीन मानव अन्वेषण लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि हामीले चन्द्रमा र मंगल ग्रहमा पाइने स्रोतहरू प्रयोग गरी भविष्यमा अन्तरिक्षमा बस्ने र काम गर्ने अन्तरिक्ष यात्रीहरूका लागि खाद्य स्रोतहरू विकास गर्न आवश्यक छ’, नासा प्रमुख बिल नेल्सनले भने ।
अनुसन्धानकर्ताहरूको लागि यो एउटा चुनौती पनि हो । किनकी थप प्रयोगका लागि चन्द्रमाको माटो पर्याप्त छैन् ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया