एमालेलाई पराजित गर्दै कालिकाको दुवै पदमा कांग्रेस विजयी

रसुवा । रसुवाको कालिका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा हरिकृष्ण देवकोटाले दुई हजार ६२२ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कमलनाथ आचार्यले दुई हजार २८३ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका सोमबहादुर तामाङले एक हजार ५२२ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै मिरा लामाले दुई हजार ८१० मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी एमालेकी अम्बिका भट्ट (पौडेल)ले दुई हजार २ मत प्राप्त गरिन् ।
कालिका गाउँपालिकामा ५ वटा वडा छन् । वडा नम्बर १ मा माओवादी केन्द्रका दावा तामाङ, वडा नम्बर २ मा नेपाली कांग्रेसका उमेश न्यौपाने, वडा नम्बर ३ मा नेपाली कांग्रेसकै फणिन्द्रप्रसाद न्यौपाने, वडा नम्बर ४ मा खेसम तामाङ र वडा नम्बर ५ मा नेपाली कांग्रेसकै सन्दिप पौडेल विजयी भएका छन् ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया