ताप्लेजुङको मैवाखोला गाउँपालिकामा माओवादीका वनेम निर्वाचित
मेरोन्यूज
२०७९ जेठ २ गते १६:१२

काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको मैवाखोलामा सत्ता गठबन्धनतर्फका माओवादी उम्मेदवार विजयप्रकाश वनेम विजयी भएका हुन्। वनेमले २६०९ मत प्राप्त गरि विजयी बन्दा नेकपा एमालेका राजनकुमार थत्लुङले २०५२ मत प्राप्त गरे।
गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कमलकुमारी लिम्बू विजयी भएकी छिन्। उनले २५४१ मत ल्याउँदा प्रत्यासी एमालेकी कौशिला थक्लुङले २१०१ मत प्राप्त गरेकी छन्।
वडाध्यक्षहरुमा १ मा माओवादीका चन्द्रकुमार तामाङ, २ मा नेकपा एकीकृत समाजवादीका नरेन्द्र लिम्बू, ३ मा कांग्रेसका खगेन्द्र थक्लुङ, ४ मा कांग्रेसका फुर्बा शेर्पा, ५ मा माओवादीका केशर लिम्बू र ६ मा एमालेका राजुमान लिम्बू निर्वाचित भएका छन्।
सम्बन्धित
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया